१ चैत्र, बाँके । गुरूकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार नियमित सरसफाइ अन्तरगत नेपालगन्ज उप–महा नगरपालिका वडा नम्बर २ स्थित रहेको आफ्नै सहकारी सस्ंथाको वरिपरि सरसफाइ गरेको छ ।

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मुल नाराका साथ सहकारी को सातौ सिद्धान्त अनुरूप ‘समुदाय प्रति चासो’ का अनुसरण गरि प्रत्येक महिना को पहिलो साताको शनिवार गरिने कार्यक्रममा १४ औं पटक नियमित सरसफाइ कार्यक्रम आफ्नो कार्यालय वरिपरि सम्पूर्ण , यस सरसफाइ कार्यक्रममा संस्थाका कर्मचारी तथा सञ्चालक समिति सदस्य , उप समिति सदस्य लगाएत उपस्थिती रहेको थियो भने यस सस्थाका व्यवस्थापक टिकाराम चौधरीले जानकारी दिएका छन् ।