समाचार

मिस नेपाल २०२० को अडिसन फागुन ३० गते नेपालगन्जमा हुने

२९ फाल्गुन, बाँके । मिस नेपाल 2020 को अडिसन नेपालगन्जमा हुने भएको छ। आयोजकले बुधबार गरेको पत्रकार सम्मेलनमा मिस नेपाल 2020 को पहिलो अडिसन यही शुक्रवार ३० गते होटेल कालपात्रुमा हुन भएको आयोजक हिडन ट्रेजरका डाइरेक्टर प्रमोद कंशकारले बताउनु भएको छ।

उहाँले बिगतका  बर्ष देखि मिस नेपाल मात्र होइन मिस वर्ल्ड लाई पनि समाजले सकारात्मक दृष्टिकोणले हेर्नुपर्ने र सरकारले पनि राष्ट्रिय प्रतियोगिताको रुपमा स्थापना भइसकेको एभेन्टलाई जोड, सहयोग, समर्थन गर्नु पर्ने बताउनु भयो । उहाँ अनुसार 2018 मा मिस नेपाल वल्ड पनि नेपाल राष्ट्रको गौरवलाई उच्च राख्दै उत्कृष्ट १२ मा पर्न सफल भएको र मल्टिमिडिया अवार्ड समेत पाउन सफल भएको बताउनुभयो । श्रृङखला खतिवडा अ 2019 मा नेपाल वल्डमा पनि नेपालले राष्ट्रको गौरवलाई उच्च राख्दै उत्कृष्ट 10 मा पर्न सफल भएको, मल्टिमिडिया अवार्ड प्राप्त गरेको र फेस टु फेस अवार्ड जित्न सफल भएकि अनुष्का श्रेष्ठ जस्तो बहु प्रतिभाले गर्दा अबको नयाँ पिढि 2020 को अडिसनले सुन्दरी, सुन्दर्ता सँगसँगै अगाडी बढने साहस र झमताको पनि बिकास हुने जोड दिनु भयो ।

नेपालगञ्ज मा हुने मिस नेपालको अडिसनका लागि नेपालगञ्ज जेसिजले सहकार्य गरेको वर्ष २०२० जेसिजका अध्यक्ष प्रज्वल श्रेष्ठले जानकारी दिनुभयो । यस पटकको मिस नेपालमा भाग लिनका लागि नयाँ आवेदन भने यस पटक website : www.missnepal.com.np अथवा app: Miss Nepal भन्ने अनुप्रयोग (apps) डाउनलोड गरेर अथवा 01-5538878 / 01-5261168 मा सम्पर्क गरेर भएनि अावेदन तथा मिस नेपालमा सहभागीता जनाउन सक्ने बाताबरण भएको र मिस नेपाल विजेतालाई यो वर्ष भने २ लाख ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *