समाचार

बिहिवार देखि हुने कक्षा ८ को तयारी पुरा

२९ फल्गुण, बाँके । नेपालगञ्ज उपमहानगरपालिकामा आज देखि सुरु हुने कक्षा ८ को आधारभुत तहको परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । परीक्षामा ७५ वटा विद्यालयका दुई हजार ७८० परीक्षार्थी सहभागी हुने नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाले जानकारी दिएका छन् । बिश्वभर कोरोना (कोभिड–१९ ) को समस्या देखिएपछि नेपालगञ्जमा मात्र नभैइ देशभरिनै पुर्व निर्धारित तालिका भन्दा एकसाता छिटो गरि परीक्षा सञ्चालन हुन लागेको हो । परीक्षालाई शान्तिपूर्ण र मर्यादित ढंगबाट सञ्चालन गर्न सम्पूर्ण तयारी पुरा गरिएको उपमहानगरपालिकाले जनाएको छ । यसपटक नेपालगञ्जमा आधारभुत परीक्षा सञ्चालन हुने विद्यालयमा दुई मदरसा, २६ सामुदायिक विद्यालय र अन्य संस्थागत विद्यालय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *