समाचार

सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते

२७ फाल्गुन ,नवलपरासी । पश्चिम नवलपरासीको झुलनिपुर – त्रिवेणी सडक खण्डको श्रीरामपुरमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । जिल्लाको प्रतापपुर गाँउपालिका वडा नं. ५ श्रीरामपुर स्थित मुख्य पश्चिम गण्डक नहरकाे बाटाेमा करिब चार बजेकाे समयमा उत्तर दिशाबाट दक्षिण तिर आउदै गरेको एक भारतीय प्लेट नम्बर युपी ५६ वाई ३८३६ माेटरसाइकल अनियन्त्रित हुदा सो दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा मोटरसाइकल चालक र पछाडि बसेका घाईते भएका हुन् । घाईते दुई जना मध्ये गम्भीर अवस्थामा रहेका मोटरसाईमल पछाडि बसेका प्रतापपुर गाउपालिका वडा न.९ बेलाटारी बस्ने अन्दाजी वर्ष ३७ लक्ष्मण हरीजनलाई टाउकोमा गम्भीर चोट लागेको छ । हरीजनको अवस्था गम्भीर रहेको छ भने अर्को मोटरसाइकल चालकहरू वर्दघाट नगरपालिका वडा न.१३ धनेवा बस्ने अन्दाजी बर्ष २७ का अनिल हरीजन सामान्य घाइते रहेका हुन्न ।
घाइतेहरूलाई उपचारको लागि सहिद स्मृति समुदाईक अस्पताल चौपता पठाईएको र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको सशस्त्र प्रहरी बोडर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक सुमन अधिकारीले जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *