समाचार

नारी दिवसको अवसरमा मदरसा का विद्यार्थी र सरोकारवाला संग कोरोना भाइरस सम्बंधित अन्तरक्रिया

२५ फाल्गुन, कपिलवस्तु-कृष्णनगर । कपिलवस्तुको कृष्णनगर मा रहेको जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगर को सभा हालमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हालमा आतंक मचाइएका कोरोना भाइरस ८६ भन्दा बढी राष्ट्रहरुमा फैलि सो बाट ३हजार भन्दा बढी व्यक्तिहरुको मृत्यु भई सकेको छ र लाखौ व्यक्तिहरु संक्रमित भई सकेका अब यस बाट आफू पनि बचौ र अर्का लाई बचाऔ सम्बन्धित स्थानिए वासी, मदरसा मा अध्यनरत बिद्यार्थी, शिक्षक, र समाजसेवीहरुको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम गरेका थिए।

कार्यक्रम को अध्यक्षता जामिया सिराजुलवलुम अलसल्फीया का अध्यक्ष र राष्ट्रिय मदरसा संघ नेपाल का संरक्षक समीम अहमद नदवी ले गर्नु भयो

कार्यक्रम का प्रमुख अतिथी कृष्णनगर नगरपालिका का प्रमुख प्रशासकिए अधिकृत चन्द्रराम चौधरी, बिशिष्ठ अतिथी सशस्त्र प्रहरी बल नेपाल नं३९गुल्म हेक्वा कृष्णनगर का सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील शाही, नेकपा का ५नं प्रदेश समिती सदस्य मिर्जा अरसद बेग, ईप्रका कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल, ५नं प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली अतिथी मौलाना अजीम मदनी, वडा नं२ अध्यक्ष संजय गुप्ता, राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय उपाध्यक्ष शैख जैस मक्की रहेका थिए।

कोरोना भाइरस बिश्वभरीमा महामारीको रुप मा फैलिएको छ। भाइरस बाट बच्नको लागि सबै भन्दा महत्वपूर्ण कुरा आफू मा सर सफाई राख्नु र अर्कालाई पनि सरसफाइ राख्नको लागि सलाह दिनु पर्ने अवश्यकता छ। उक्त भाइरसको कारण ले साउदी अरब देश ले बिभिन्न देशबाट आउने उमरा यात्री हरु मा पनि रोक लगाएको छ जुनकि इतिहासको पहिलो पटक उमरा यात्री हरुमा अरब देशले रोक लागाए को कार्यक्रम का अध्यक्ष नदवीले बताउनु भयो।

प्रत्येक बर्ष अप्रैल महिना मा उक्त मदरसा मा हार्सोल्लाका साथ मनाउदै आएका वार्षिकोत्सव पनि भाइरस बाट बचना र अरु लाई बचाउनको निम्ति स्थगित गरि सकेको कुरा बिशिष्ठ अतिथी मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले बताउदै भनेकि लगातार कृष्णनगर मा कोरोना भाइरस सम्बन्धि जनचेतना मूलक कार्यक्रम भयी रहेको छ र लगभग लगभग कार्यक्रमहरुमा कृष्णनगर का पुलिस प्रशासन ले कार्यक्रम मा पूर्णले जनता लाई सचेत बनाउनमा सहयोग गरेको बताउनु भयो।

१९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे । यो हडताल पनि ऐतिहासिक थियो । जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई भोट दिने अधिकार दियो । अन्ततः ८ मार्च महिलालाई दिवसको रूपमा मनाइन थालिए को कार्यक्रम संचालक राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले बताउदै कोरोना भाइरस को बारेमा थप चेतना मूलक कुरा माथि प्रकाश पार्नु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *