शिक्षा समाचार सामाजिक स्वास्थ्य

निलसागर सेवा आश्रमको आयोजनामा २५ जनाले गरे रगत दान

२४ फाल्गुन, बाँके । निलसागर सेवा आश्रमको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । नेपालगन्ज कोहलपुर खण्डको गन्नापुर स्थित नमस्ते भिलेज रिसोर्टमा गरिएको रक्तदान कार्यक्रममा २५ जनाले रगत दिएको कार्यक्रम संयोजक तथा निलसागर सयोजक सरिता खनालले जानकारी दिनुभयो । बाँके क्षेत्रमा रगतको अभाव हुन नदिन बर्षमा एकपटक रक्तदान कार्यक्रम गर्दै आएको नेपालगन्ज निलसागर सेवा आश्रममा उपाध्यक्ष नारायण सुवेदीले बताउनुभयो।

“मानवता सेवा नै धर्म हो´´ भन्ने आस्था बोकेको नेपालगन्ज निलसागर सेवा आश्रमले समाजीक क्षेत्रमा आधारित रही सडकमा भएका बुबा अामाहरुलाई उदार सहित आश्रय गर्दै आएको छ। प्रदेश ५ को पाल्पा, दाङ, कोहलपुर , बर्दिया र नेपालगन्ज गरि ५ ठाउँमा निलसागर सेवा आश्रमको शाखा कार्यलय रहि सेवामा रहेको नेपालगन्ज निलसागर सेवा आश्रम कि सस्थापक अध्यक्ष सरिता खनालले जानकारी दिनु भएको छ।
नमस्ते भिलेज रिसोर्टमा भएको रक्तदान कार्यक्रम मा भिजिट नेपाल 2020 लाई मध्य नजर गर्दै दाङ देखि ज्ञान ज्योति हाई स्कुल तुल्सिपुर का विधार्थिहरुले रक्तदान गरि निलसागर सेवा अाश्रमलाई सहयोग गरेका थिए।

अध्यक्ष ज्यु ले अन्तिममा सन्चार्कर्मि, बिध्यार्थी, व्यापारी, ब्लड बैन्कका कर्मचारी तथा नमस्ते भिलेज रिसोर्टमा कार्यरत सबै लाई सहयोग गर्नु भएकोमा धन्यवाद ब्यक्त गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *