शिक्षा समाचार सामाजिक स्वास्थ्य

साईबर अपराधबाट बच्नको विद्यालय तहमा साईवर कानुन बारे पढाई हुनु पर्नेमा जोड

२३ फागुन /नरैनापुर (बाँके)। साईबर अपराधबाट बच्नको लागि विद्यालय तहमा पनि साईवर कानुनको बारे अध्ययन हुन जरुरी रहेको किशोरीले बताएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा नरैनापुर गाउँपालिका वडा न.५को समन्वय र स्याक नेपालको आयोजनामा २ दिने किशोरीका क्लबका पदाधिकारीका लागि साईबर सन्जाल मार्फत लेख प्रकाशन प्राविधिक तालिममा सो कुरा बताएका हुन् ।


सो तालिममा नरैनापुर गाउँपालिकाका वडा नं. ५ का किशोरीहरुको सहभागिता रहेको थियो । सो प्राविधिक तालिमका प्रशिक्षक नेपाल युवा परिषद प्रदेश नं.५ का संयोजक सोम गुरुङले क्म्प्युटरका आधारभुत जानकारी साथै सामाजिक सन्जालबाट कसरी सुरक्षित रहने र साईबर कानुन,साईबर अपराधको बारे पनि प्रशिक्षण दिएका थिए । सामाजिक सन्जालको फाइदा र बेफाईदा बारे पनि जानकारी दिएका थिए । साथै त्यसै गरि स्याक नेपालका सुपरभाईजर त्रिभुवन यादवले लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बारेमा जानकारी गराएका थिए । साथै उहाँले सो तालिममा बालबिवाह सम्बन्धि कानूनी ब्यवस्था र यौनहिंसा रोकथाममा किशोर किशोरीको भुमिकाको महत्व रहेको बताए ।

नरैनापुर गाउँपालिका वडा नं.५ का सहभागी किशोरी चन्दा शर्माले आफूले यस तालिममा साइबर अपराध भनेको के हो ? साईबर अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बारे जानकारी पाएको बताइन् । समाजमा बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत पुग्ने लगायतका उदेश्यका साथ तालिमको आयोजना गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी गराउनुभयो । साथै उहाँले बाँकेको आठ वटै स्थानीय तहलाई स्याक नेपालले बाल विवाहमुक्त वडा बनाउन रणनिति बनाईरहेको र स्थानीय सरकारसंग समन्वय र सहकार्य गरि कार्य गरेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *