समाचार

प्रधानमन्त्री कप महिला भलिबलको उपाधी विभागिए टिम नेपाल प्रहरीको पुलिस लाइ

२२ फाल्गुन, बाँके । नेपालगञ्जमा जारी छैठौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधी विभागिए टिम नेपाल प्रहरीको पुलिस क्लवले अर्को विभागिय टिम सशस्त्र प्रहरीको एपिएफलाई पाखा लगाउदै चुमेको छ ।

बुधबार नेपालगन्ज रंगशालास्थित कबर्डहलमा सम्पन्न फाईनल खेलमा एपिएफलाई २५–१६, २५–१७ र २५–१८ को सोझो सेटमा पराजित गर्दै उपाधीमा कब्जा जमाएको हो ।

उपाधीसंगै प्रहरीले नगद २ लाख र उपबिजेता एपिएफले १ लाख र तेस्रो हुने नेपाली सेनाले ५० हजार नगद प्राप्त गरेका छन । तेस्रो स्थानको लागि नेपाली सेनाले न्युडायमण्डलाई पराजित गरेको थियो। प्रतियोगिताको उत्कृष्ट खेलाडीमा नेपाल प्रहरीकी उषा भण्डारी घोषित भईन ।

त्यस्तै बेस्ट ब्लकरमा सेना कि संगम महतो, बेस्ट सेटरमा प्रहरीकी कमला पुन, बेस्ट सर्भर प्रहरीकै मनिषा चौधरी, बेस्ट लिबरोमा न्यु डायमण्डकी सलिना श्रेष्ठ, बेस्ट प्रशिक्षकमा प्रहरीका रुपेश बिस्ट र बेस्ट स्पाईकरमा एपिएफकी निरुता ठगुन्ना घोषित भए ।

बिजयी खेलाडीहरुलाई राखेपका सद्स्य सचिव रमेश सिलवाल, प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना), नेपालगञ्जका मेयर डां धवल शमशेर राणालगायतले पुरस्कार, प्रमाणपत्र, पदक तथा ट्रफी प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *