समाचार

प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै मदवामा द्वीप प्रज्वलन

२२ फाल्गुन, चन्द्रौटा(कपिलवस्तु) । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै कपिलवस्तु लगायत देशभर द्वीप प्रज्वलन गरिएको छ ।

सोही क्रममा प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण सफल भएको खुशियालीमा जिल्लाको शिवराज नगरपालिका ३, मदरवामा द्वीप प्रज्वलन गरिएको छ । स्थानीय कमलराज गिरी सहितका युवाहरुको अगुवाईमा बुधबार साँझ द्वीप प्रज्वलन तथा शुभकामना आदानप्रदान गरिएको हो ।
काठमाडौं महाराजगन्जस्थित मनमोहन कार्डियो थोराक्सिस भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा दोस्रो पटक आफ्नो मृगौला प्रत्यारोपणका निमित्त उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै द्वीप प्रज्वलन गरिएको युवा कमलराज गिरीले बताए । प्रधानमन्त्री अस्वस्थ भई अस्पतालमा उपचाररत रहँदा सम्पूर्ण नेपालीहरु एकजुट भइ स्वास्थ्यलाभको कामना गर्न आवश्यक रहेको गिरीले बताए । द्वीप प्रज्वलन कार्यक्रममा स्थानीय एक सय बढी नागरिकहरु स्वतःस्फुर्त रुपमा सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *