मनोरञ्जन शिक्षा समाचार

दोस्रो महोत्सव २०७६ को उद्घाटन समारोह सम्पन्न

२१ फाल्गुन, बाँके । एजी सर्भिस प्रालिको आयोजनामा दोस्रो नेपालगन्ज महोत्सव २०७६को आज उद्घाटन भएको छ।
“समृद्ध नेपालको प्रमुख आधार ब्ययापार कृषि पर्यटन संस्कृति तथा रोजगारको पुर्वाधार” भन्ने मुल नारा सहित चैत २ गतेसम्म सन्चालन हुने महोत्सवको उद्घाटन नेपालगन्ज उद्योग बाणिज्य बाँकेको पुर्व अध्यक्ष कृष्ण श्रेष्ठले गर्नु भएको हो । उद्घाटन समारोहमा दोहोरी गायक गोपाल जिएम, प्रकाश सोनि, थारु हरुको कला प्रदर्शन, नाच, गुरुङ समुदायको संस्कृति प्रदर्शन तथा अन्य संस्कृति कार्यक्रमहरु प्रदर्शन गरिएको थियो ।

२ गते संचालित हुने महोत्सवमा रेखा थापा,कमला घिमिरे,भिटेन, पल शाह, पुजा शर्मा, दुर्गेश थापा, प्रकाश सपूत, ज्योति मगर, चन्द्र शर्मा, सुनिल गिरी,गोपाल नेपाल जिएम, अन्जली अधिकारी, टीका सानु, सिर्जु अधिकारी,जिक्री पाँडे, आरुसी मगर, सावित्री प्रीति, भुपेन्द्र राना, बल्छी धुर्बे, रमेश कठायत, एमटी महर, शोभित बस्नेत,मिस्टर आर्र्जे, चक्र बम,दुर्गा भट्, लिला वली,लगायतका कलाकारहरु आउने छन ।

महोत्सव मगमग चाउचाउ मुख्य प्रायोजकमा वाटरपार्कमा सन्चालन भएको महोत्सवको उद्घाटन दिउसो भएको छ । त्यस्तै, सह- प्रायोजकमा अर्ना बियर, म्याट्रीक्स डोर,बैंकिङ पार्टनरमा मेगा बैंक , इन्टरनेट पार्टनरमा भायनेट, हस्पिटालिटी पार्टनरमा होटल दि ग्यालेक्सी रहेको छ।

महोत्सव मार्फत पर्यटन वर्ष २०२० लाई सफल बनाउँन निकै ठूलो भुमिका खेल्ने आकर्षक राखेको आयोजकले जनाएका हुन । पश्चात् रात्रीकालिन कार्यक्रम पनि सन्चालन गर्नेछ । रातीकालिन कार्यक्रम १० बजेसम्म संन्चालन हुने छ । महोत्सवलाई २ लाख ५० हजार बढी दर्शकले अवलोकन गर्ने र ३ सय बढी स्टल रहने पनि आयोजकले जनाएका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *