समाचार

क्यान इन्फोटेक आज देखि नेपालगन्जमा सुरु

२० फाल्गुन, बाँके । क्यान इन्फोटेक आज देखि नेपालगन्जमा सुरु भएको छ । क्यान इन्फोटेकको आकर्षणको रुपमा मेलाको स्टल नम्बर ५४ मा रहेको सेकेन्ड ह्याण्ड ल्यापटप बिक्री बितरण भैरहेको ल्यापटप रिपियर हाउसको स्टलले आगन्तुकको ध्यानाकर्षण गर्न सफल छ ।

कम मुल्यमा प्रयोगमा आइसकेको विभिन्न ब्राण्ड र मुल्यका ल्यापटप राखेको ल्यापटप रिपियर हाउसले १३ हजार ९ सय ९९ देखि ७९ हजार ९ सय ९९ सम्मको ल्यापटप उपलब्ध रहेको छ ।

डेल , एचपी , एप्पल जस्ता ब्राण्डका प्रयोगमा आइसकेका ल्यापटप राखेको प्रोप्राइटर अफजल शेखले बताउछन् ।

हामी नेपालीहरु प्रबिधिलाई पछ्याउन चाहे पनि सबै संग यथेष्ट मात्रामा पैसा नहुदा त्यस्ता प्रबिधि बाट टाढा रहनु परेको यथार्थ हामी माझ छ त्यसैलाई मध्यनजर हर्दै नेपालगन्जमा बिगत ६ बर्ष देखी सेकेन्ड ह्याण्ड ल्यापटपको व्यापार गर्दै आएको छु । हामि कहाँ सेकेन्ड ह्याण्डको ल्यापटप मात्र उपलब्ध छ भने रिपियरको काम समेत गर्छौ – शेखले बताए ।

नेपालगन्ज लगायत आसपासका धेरै ब्यक्तिहरुलाई नेपालगन्जमा पनि जुन सुकै ब्राण्ड र सबै किसिमको मुल्यमा प्रयोगमा सेकेन्ड ह्याण्ड ल्यापटप पाउछ भन्ने थाहा छैन त्यसैले आफुहरुले क्यान इन्फोटेकमा स्टल राखेको बताउछन् प्रोप्राइटर शेख ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *