समाचार

नेपालगंज माेडेल एकेडेमी प्रथम अन्तर जिल्ला (बाँके, बर्दिया, दाङ) व्यापी विद्यालय स्तरीय चेस प्रतियोगिता हुने

१९ फाल्गुन, बाँके। नेपालगंजकाे १८ नं. वडामा रहेकाे नेपालगन्ज मोडेल एकेडेमीकाे अायाेजनामा समग्र ५ नं. प्रदेशमै पहिलाे पटक बाँके, बर्दिया र दाङ जिल्लाहरुलाई समेटने गरि नेपालगंज माेडेल एकेडेमी प्रथम अन्तर जिल्ला (बाँके,बर्दिया,दाङ) व्यापी विद्यालय स्तरीय चेस प्रतियोगिता, २०७६ हुने भएको छ ।

५ नं. प्रदेश बुद्धिचाल संघ, बाँके जिल्ला खेलकुद विकास समिति र बाँके जिल्ला बुद्धिचाल संघकाे समन्वयमा कम्तीमा पनि ६० जना विद्यार्थीहरु सहभागीता रहने गरी २०७६ साल फागुन २३ र २४ गते सम्पन्न हुने प्रतियोगितामा महिला तर्फकाे इभेन्टमा टप ६ जना तथा १० वर्ष मुनि उत्कृष्ट १ र खुल्ला तर्फकाे इभेन्टमा पनि टप ६ जना र १० वर्ष मुनि उत्कृष्ट १ गरि कुल जम्मा १४ जना उत्कृष्ट विद्यार्थीहरुलाई नगद, मेडल, प्रमाण पत्र र सम्बन्धीत विद्यालयहरुलाई ट्रफी एवं प्रमाण पत्र प्रदान गरिने आयोजक विद्यालयका प्रिन्सिपल विज्ञान शाहले जानकारी दिदै अब केही वर्ष भित्रमा नेपालगंज माेडेल एकेडेमीलाई च्याम्पीएनहरुकाे एकेडेमीका रुपमा स्थापित गर्ने याेजना रहेकाे जानकारी दिनु भयाे ।

चेस अर्थात बुद्धिचाल खेल बाँके जिल्लामा अनाैपचारिक ढंगले दशकाैं देखि खेलीदै आएको भएतापनि २०७५ भदाै ८ गते मात्रै धनराम वलीकाे अध्यक्षतामा “वि.सं. २०८० काे दशकमा बाँकेबाट पनि अाेलम्प्याड चेस खेलाडी” भन्ने लक्ष्यका साथ बाँके जिल्ला बुद्धिचाल संघले नेपाल बुद्धिचाल संघबाट अाैपचारिकता प्राप्त गरेकाे हाे । साे पश्चात बाँकेमा चेसले व्यापक एवं उल्लेख्य विकास तथा उपलव्धी हासिल गर्दै गएकाे छ । बाँके जिल्ला बुद्धिचाल संघले जिल्लामा हाल सम्म विभिन्न ३५ वटा अाैपचारीक बुद्धिचाल प्रतियाेगिताहरु सम्पन्न गरि सकेकाे छ । अाैपचारिकता प्राप्त गरेसँगै संघले जिल्लामा महिला बुद्धिचाल प्रतियाेगिताकाे पनि अायाेजना गर्दै आठौं राष्ट्रिय खेलकुद मार्फत पहिलाे पटक २ जना महिलाहरुलाई राष्ट्रिय चेस खेलाडीका रुपमा स्थापीत गर्ने सफलता प्राप्त गर्दै बुटवलमा सम्पन्न भएकाे ५ नं. प्रदेश स्तरिय प्रथम मुख्य मंत्री रनिङ शिल्ड कपमा चेसतर्फ जिल्लालाई गाेल्ड मेडल समेत दिलाएकाे हाे । त्यसै गरि चितवनकाे रत्ननगर-१५ मा भएकाे विद्यार्थीहरुकाे प्रतियाेगितामा प्रथम, तेस्राे र पाँचाै स्थान हासिल, काठमाडाैकाे मेयर कपमा ९ वर्षका अनुपजंग शाह नेपालकै दाेस्राे तथा यसै वर्ष भारतकाे राजधानी दिल्लीमा सम्पन्न भएकाे साउथ एसिएन युथ एण्ड जुनिएर च्याम्पीएनसिप अन्तर्गत अन्डर-१० मा शाहले नेपालका तर्फबाट सहभागी भई उत्कृष्ट प्रदर्शन समेत गरेका थिए । बाँके जिल्लाकै पहिलाे National Arbiter का रुपाम पशुपति नाथ याेगीलाई २७, जनवरी २०२० मा FIDE द्वारा मान्यता प्रदान लगाएताका उपलब्धी हासिल गरेकाे बाँके जिल्ला बुद्धिचाल संघमा मंसिर ३० गतेकाे प्रथम अधिवेशन मार्फत नेपालकै पहिलाे महिला अध्यक्षका रुपमा करिश्मा कुमारी याेगीले नेतृत्व गरि रहनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *