समाचार

सरकारको निर्णय बिरुद्द नेबिसंघ द्वारा चरणबद्ध आन्दोलनको घोषणा

१८ फाल्गुन, बाँके । नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितीले आज बिहान चक्काजाम गरेको छ।

सरकारले गरेको निर्णय बिरुद्द नेबिसंघले चरणबद्द आन्दोलनको घोषणा गरेसगै नेबिसंघ महेन्द्र बहुमुखी क्याम्पस इकाईले बिहान ९ बजेदेखि ९:३० सम्म क्याम्पस अगाडी  चक्काजाम गर्दै कोणसभा गरेको नेबिसंघ इकाईका सभापति चन्द्र प्रकाश देबकोटाले बताए।

सरकारले विद्यार्थीहरुको पुस्तकमा कर बढाउने निर्णयप्रती नेबिसंघले देशब्यापी आन्दोलन थालेको अवस्थामा केहिदिन अघिमात्रै सरकारले पेट्रोलमा प्रती लिटर १० रुपैयाँ कर बढाएको बिरोधमा चक्काजाम गरेको देबकोटाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *