समाचार समृद्धि

नेपालको ठूलो तथा चर्चित सुपर मार्केट ‘भाटभटेनी सुपर स्टोर आज बाट संचालनमा आउने

१६ फाल्गुन, बाँके । नेपालको ठूलो तथा चर्चित सुपर मार्केट ‘भाटभटेनी सुपर स्टोर पश्चिम नेपालकै मूख्य व्यापारिक केन्द्र तथा ऐतिहासिक शहर नेपालगञ्जमा आज देखि संचालनमा आउने हुने भएको छ ।

काठमाडौंबाट सुरु भएको भाटभटेनीको व्यवसायिक यात्रा देशव्यापी हुने क्रममा १८ औं स्टोरका रुपमा बाँकेको नेपालगञ्जमा स्थापना भएको हो।

यसअघि रुपन्देहीको भैरहवामा १७ औं स्टोर सञ्चालनमा ल्याएको भाटभटेनीले नेपालगञ्जको सुर्खेत रोड, कारकाँदोमा १८ औं स्टोरकोे शुभारम्भ गर्ने अन्तिम तयारीमा रहेको भाटभटेनी सुपर मार्केटका अध्यक्ष मिन बहादुर गुरुङले बताउनुभयो ।

१० महिना अघिदेखि निर्माण कार्य सुरु गरिएको यस स्टोरको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताउनु भयो । करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको यस भाटभेटनीमा भौतिक सम्पत्ति सहित करिब १५० करोड लगानी रहेको व्यवस्थापनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *