समाचार

डिजेल र पेट्रोलमा लिईँदै आएको विकास बजेट करको दर बढयो

१५ फल्गुण, बाँके । सरकारले डिजेल र पेट्रोलमा लिईँदै आएको विकास बजेट करको दर बढाएको छ । सोमबार- १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ विकास बजेट कर बढाएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको जिम्मेवारीमा रहेका सरकारका प्रवक्ता, अर्थमन्त्री युवराज खतिवडाले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको जानकारी दिएका हुन् ।

फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १० रुपैयाँ पुर्‍याउने निर्णय गरेको हो । उनका अनुसार अब पेट्रोल, डिजेल र हवाइ इन्धनमा १० रुपैयाँ कर लिइनेछ । यसअघि डिजेल र पेट्रोलमा ५ रुपैयाँ विकास कर लिइँदै आएको थियो ।( साभार नयाँ बिश्व)

Leave a Reply

Your email address will not be published. Required fields are marked *