शिक्षा समाचार

वडा नं. ८ मासार्वजनिक सभाहालको मेयर राणा द्वारा उद्घाटन

१४ फल्गुण, बाँके । नेपालगन्जमा समाजिक कार्य( असहाय परिवार)का लागि सभाहाल निर्माण हुने भएको छ । असहायको लागि आज सभाहालको शिलान्यास गरिएको छ ।

बुधबार नेपालगन्ज वडा नं. ८ महेन्द्र पार्क स्तिथ नेपालगन्ज उपमहानगरपालिकाको मेयर धवल शमशेर राणा द्वारा सभाहाल निर्माणको शिलान्यास गरिएको छ ।

नेपालगन्जको वडा नं. ८ लाई मधेसी समुदायहरु बढी बसोबास रहेको स्थाम मध्य चर्चित छ । सो स्थानमा ५० लाख बराबरको सभाहाल निर्माण हुने भएको छ ।

बिवाह- भोज (पार्टी), वर्तबन्ध, इत्यादी जस्ता समाजिक कार्यक्रमहरुमा निशुल्क हाल व्यवस्था गर्ने उदेश्यले हालको निर्माण गरिदै अध्यक्ष सुरेन्द्र कुमार गुप्ताले बताउनु भयो ।

२६ पिलर रहने उक्त हाललाई निशुल्क उपलब्ध गराउने सदस्य निखिल गुप्ताले बताउनु भएको छ । अहिले कार्यालयले १० लाख रकम बिनियोजन गरेर पिलर र गेटको काम सुरु गरिएको छ भने थप केही रकम कार्यलयले लगानी गर्ने बताउनु भयो ।

अध्यक्ष गुप्ताले यहि चैत्र मसान्त सम्म काम सम्पन्न गर्ने समेत जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *